संक्षिप्त परिचय

नेपाल सरकारकाे मिति २०७१ मंसिर १६ गतेकाे निर्णय अनुसार प्रारम्भमा साविक साेनपुर तथा चैलाही गा.वि.स. समायाेजन गरि लमही नगरपालिका घाेषणा भएकाे थियाे । नेपालकाे संविधान, २०७२ लागू भए संगै स्थानीय तहहरू निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन २२ गतेकाे निर्णय तथा फागुन २७ गतेकाे राजपत्रमा प्रकाशित सूचना अनुसार पूर्व घाेषित लमही नगरपालिकामा साविककाे सतवरीया गा.वि.स. लार्इ समेत समेटेर लमही नगरपालिकाकाे क्षेत्र विस्तार गरिएकाे छ । नेपालकाे संविधान २०७२ अनुसार प्रदेश नं. ५ अर्न्तगत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही बजार जिल्ला सदरमुकाम घाेराही बाट करिव २५ कि.मी. काे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०३८ काे जनगणना अनुसार यस नगरपालिकामा ९,४३२ घरपरिवार वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ४७,६५५ रहेकाे छ । जसमा पुरूषकाे संख्या २२,८९८ र महिलाकाे जनसंख्या २४,७५७ रहेकाे छ ।