FAQs Complain Problems

समाचार

समाचार

संक्षिप्त परिचय

नेपालकाे संविधान २०७२ अनुसार लुम्बिनी अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १३,४५८ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५९,०५० रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,५०१ र महिलाकाे जनसंख्या ३०,५४९ रहेकाे छ ।

३२६.६६ वर्ग किलाेमिटर क्षेत्रफल अाेगेटेकाे यस लमही नगरपालिका पूर्वमा ८२.६३ पूर्वी देशान्तर देखि पश्चिममा ८२.१९ डिग्री र उत्त्ररमा २८.०३ डिग्री उत्त्ररी अक्षांस देखि २७.८३ डिग्री दक्षिण सम्म चुरे पर्वतकाे वीचमा अवस्थित छ । याे क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरकाे उचाइमा छ । यस लमही नगरपालिकालाई पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएकाे छ । हाल यस नगरपालिकाकाे पूर्वमा राप्ती गाउँपालिका, उत्तरमा घाेराही उपमहानगरपालिका, पश्चिममा बाँकेको राप्ती सोनारी गाउँपालिका र दक्षिणमा राजपुर र गढवा गाउँपालिका पर्दछन् ।