समाचार
अनुदानमा वीउ वितरण गरिने
लमही नगरपालिकाकाे अा.व. २०७५/०७६ काे वार्षिक कार्यक्रम अर्न्तगत खरिद मुल्य प्रति के.जी. रु ६०।०० काे ५० प्रतिशत अनुदानमा प्रति के.जी. रु ३०।०० का दरले गहुँकाे गाैतम,विजय र अादित्य जातकाे विउ २०७५/०७/०८ गते देखि वडा कार्यालयकाे सिफारिस बमाेजिम वितरण हुने भएकाले ईच्छुक कृषक,कृषि समूह,कृषि सहकारिहरुलाई तपसिलमा उल्लेखित कागजात सहित कृषि विकास शाखा लमहीमा सम्पर्कका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।
तपसिल
व्यक्तिका लागि अावश्यक कागजात
१. निवेदन
२. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३. वडा कार्यालयकाे सिफारिस
समूह/सहकारीका लागि अावश्यक कागजात
१. निवेदन
२. समूह/सहकारीकाे निर्णयकाे प्रतिलिपि
३. समूह/सहकारी दर्ता प्रमाणपत्रकाे प्रतिलिपि